close

सिद्धार्थनगर प्रमुखको गाडीबाट कोरोना संक्रमितका बिरामी बोकिँदै 

सिद्धार्थनगर प्रमुखको गाडीबाट कोरोना संक्रमितका बिरामी बोकिँदै 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको रोहिणी गाउँपालिकाले पालिकामै रहेका कोभिड बिरामीलाई उपचार दिने उद्देश्यले ५ बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले उक्त अस्पतालको औपचरिक उद्घाटन गरे ।

 

हाल अक्सिजनसहितको ५ बेडको अस्पताल रहे पनि यसलाई विस्तार गरेर १० बेडको रूपमा सञ्चालन गर्न सकिने उनले बताए । धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा १० बेडले नपुगे अन्य वैकल्पिक स्थानको समेत पहिचान गरी आवश्कताअनुसार विशेष अस्पताल बनाउन गाउँपालिका तयारी अवस्थामा रहेको उनले जानकारी दिए । 


रूपन्देही अहिले कोभिडको मारमा रहेको र यसको प्रभावमा रोहिणी पनि परेकाले नागरिकलार्य निषेधाज्ञा पालना गर्न आग्रह गरे । 

 

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा संघीय सरकारको १० लाख रुपैयाँ सहयोगले विशेष अस्पताल निर्माण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

 

सो अस्पतालका लागि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. उमेश गुप्ताको नेतृत्वमा १ जना अनमी, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको पनि व्यवस्था गरिएको उनले बताए ।

 

रोहिणीमा अहिले सक्रिय कोभिड संक्रमित ३० जना छन् । यिनीहरूमध्ये १ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको र बाँकी होमआइसोलेसनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिए । रोहिणीमा १ वैशाखमा १ जनाको कोरोनाबाट मृत्यृ भएको थियो ।

 

सिद्धार्थनगर प्रमुखको गाडी कोरोना संक्रमित बिरामीलाई 

 

भैरहवाको सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले आफू चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याउने भएका छन् । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स अभाव भएपछि नगरप्रमुखले चढ्दै आएको गाडी बिरामीको सेवामा प्रयोग गर्न लागिएको हो ।

 

छिटोछरितो सेवा दिन आफूले चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याएको नगरप्रमुख अधिकारीले बताए । गाडी सञ्चालनका लागि चालकको समस्या परेकाले केही समय ढिलाइ भएको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।


यसअघि पनि नगरप्रमुख अधिकारीकै गाडीमा वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याइएको थियो ।

 

नगरप्रमुख आफैँले सो गाडीमा लैजाँदा संक्रमणको आशंकामा हाल उनी होम क्वारेन्टाइनमा बसेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भण्डारी अहिले भीम अस्पताल भैरहवामा उपचाररत छन् ।

 

सिद्धार्थनगरले नगर स्तरीय आइसोलेसन सेन्टर पनि तयार पारेर सञ्चालनमा ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए ।

 

उपमहानगरको अक्सिजन बैंकसँग बुटवल अटो इन्जिनियरिङको सहकार्य


बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ । मैनाबगर क्षेत्रमा रहेका व्यवसायीसँगबाट संकलित ३५ थान अक्सिजन सिलिन्डर उपमहानगरलाई हस्तान्तरण गरिएको छ ।


भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे ।

 

सो अवसरमा प्रमुख सुवेदीले अहिलेको विषम परिस्थितिमा सहकार्य गरेको भन्दै आभार प्रकट गरे । बुटवललाई माया गर्ने अरू सामाजिक संघ-संस्थालाई पनि महामारीविरुद्धको अभियानमा सहकार्य गर्न उनले आग्रह गरे ।

 

कार्यक्रममा एसोसिएसनका वाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमा थापा, खोप प्रमुख कल्पना भट्टराई, गीतादेवी पाण्डे, एसोसिएसनमा आबद्ध कृष्ण न्यौपाने, भेषराज खत्री, युवराज ढकाललगायतले महामारीविरुद्धको अभियानमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

 

 

बुटवलले अक्सिजन सेवाका लागि गर्भवती र सुत्केरी महिला, दीर्घ रोगी, ज्येष्ठ नागरिक र अशक्तलाई पहिलो प्राथमिकतामा राखेको छ । बुटवलका सबै १९ वटै वडामा रहेका होम आइसोलेसन, होटल आइसोलेसन र संस्थागत आइसोलेसनमा बसेका लक्षणसहितका संक्रमितलाई एम्बुलेन्ससहितको सेवा प्रदान गर्दै आएको छ ।


सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडीबाट संक्रमित ओसारिँदै 

 

कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स नपाएपछि रूपन्देहीको सियारी गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्ने सरकारी गाडीबाट संक्रमित बोक्न सुरु गरेको छ ।

 

कोरोना संक्रमितलाई अस्पताल एवं आइसोलेसन केन्द्र पुर्‍याउन एम्बुलेन्स अभाव भएपछि बिहीबारदेखि गाउँपालिका अध्यक्ष अयोध्या थारु र उपाध्यक्ष अमृता गुरुङले प्रयोग गर्दै आएको लु १ झ ३७७ र लु१झ ५०४ नम्बर सवारी साधनलाई कोरोना संक्रमित बिरामी बोक्न प्रयोग गरिएको हो ।

 

उपाध्यक्ष गुरुङले संक्रमितलाई छिटो–छरितो सेवा प्रवाह गर्ने उद्देश्यले दुवै जनाको गाडी उपलब्ध गराइएको बताइन् ।