close

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई माङसेबुङकाे राहत

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई माङसेबुङकाे राहत

Trulli
ADVERTISEMENT

इलाम- माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २ लाख १० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

 

गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । प्रति परिवार ३५ हजारका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी गराए ।

 

कोरोना संक्रमणबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती र माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

 

माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिका भित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहत स्वरूप ३५ हजार उपलब्ध गराउने निर्णय अनुसार राहत बितरण गरेको बताइएको छ  ।

 

विपद् व्यवस्थापन कोष सञ्चालन समितिका निर्णय अनुसार घरैमा पुगेर राहत उपलब्ध गराइएको छ । राहत बितरण गर्न गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको नेतृत्वमा कर्मचारीको समूह मृतकको घरघरमा पुगेका थिए ।


समस्यामा परेको परिवारलाई तत्काल आधारभूत आवश्यकता पुरा गर्न सहयोग मिलोस भनेर राहत वितरण गरेको अध्यक्ष इधिङ्गाले बताए ।