close

दधिकोटका किसानलाई उन्नत जातको भैँसी 

दधिकोटका किसानलाई उन्नत जातको भैँसी 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्थानीयलाई भैँसी वितरण गरेको छ । पालिकाले एक समारोहमा नगरभित्रका ५ जना स्थानीयलाई उन्नत जातको भैंसी वितरण गरेको हो । 

 

पालिकाले एक किसानको छोरा किसानको घर आँगनमा भन्ने नारा अन्तगर्त दधिकोेटको अनन्तलिंगेश्वर डाँडामा ५ वटा भैँसी ५ जना स्थानीयलाई हस्तान्तरण गरिएको हो । नगरप्रमुख बासदेव थापाको अध्यक्षतामा पालिकाले भैँसी वितरण गरिएको पालिकाले जनाएको छ ।

 

पालिकाका नगरप्रमुख थापाका अनुसार नगरपालिकाले पाँच लाख अनुदानमा भैँसी खरिद गरेर वितरण गरेकोे हो । उन्नत जातको भैंसी वितरण गरिएसँगै स्थानीयले मनग्य आम्दानी गर्न सक्ने विश्वास पालिकाको छ । 

 

कृषि क्षेत्र बढी भएको सूर्यविनायक नगरपालिकाले भैँसी पाएसँगै स्थानीय ढंग छन् । पालिकाले दिएको भैँसीबाट आर्थिक रुपमा आम्दानी लिन सक्ने विश्वास उनीहरुको छ ।